☰ open Loading... 25 April 2024|  

थप १८९ जनामा कोरोना पुष्टि
  | ४ पुष २०७८, आईतवार ०५:०८

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ४८३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ५८ जना र २ हजार ५१४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २१ हजार ५३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५० जना कोरोनामुक्त भए, २ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ५० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०८ हजार ६०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९९७ जनाको परीक्षण हुँदा हालसम्म कुल ५५ लाख ४२ हजार २५३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको छ ।