| ७ पुष २०७८, बुधबार ०६:१०
सुर्खेत । एक महिनापछि सुर्खेत विमानस्थल सञ्चालनमा आएको छ ।मंसिर १० गतेदेखि धावनमार्गको मर्मतका लागि बन्द गरिएको विमानस्थल मंगलबारबाट सञ्चालनमा आएको हो ।
धावनमार्गको मर्मत सकिएसँगै मंगलबारबाट विमानस्थलबाट वायुसेवा कम्पनीहरूले नियमित उडान गरेका छन् ।एक महिना विमानस्थल बन्द हुदाँ विकल्पको रूपमा नेपालगञ्ज विमानस्थलको प्रयोग गरिएको थियो ।त्यहाँबाट राजधानी काठमाडौंको साथै कर्णालीका जुम्ला, मुगु, हुम्ला लगायतमा हवाइ उडान भरिएको थियो ।