सुर्खेत । सुर्खेत प्रहरी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक पुजारी र दुईजना धामीलाई पक्राउ गरेको छ ।प्रहरीले लेकवेशी नगरपालिका–४ दशरथपुरमा ज्ञवाली परिवारको कुल पूजामा आएकी बाँके खजुराकी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भुपेन्द्र ज्ञवाली, वडा नम्बर–७ का ३९ बर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ मिलन ज्ञवालीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार उनीहरुलाई सामाजिक अपराध गरेको आरोपमा पक्राउ गरिएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरी निरीक्षक शाहीले बताए ।
प्रहरी निरीक्षक शाहीले भने, ‘ पुस ४ गतेका दिन ती महिला आफ्नो कुल पुजा मान्न माइती आएकी थिइन् । सोही क्रममा धामी पुजारीहरुले उनीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा आएको हामीले देख्यौं । त्यसपछि हामीले अनुसन्धान सुरु गरेका हौं ।