☰ open Loading... 20 April 2024|  

जुम्लामा पार्किङ गरेको टयाक्टर चोरी
  | ९ पुष २०७८, शुक्रबार ०५:४८

जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित बसपार्क नजिकै पार्किङ गरेर राखेको ट्याक्टर चोरी भएको छ। भे १ त १२७६ नम्बरको टयाक्टर चोरी भएको हो। यसअघि मोटरसाइकल चोरी भएको भएपनि पहिलो पटक जुम्लामा पार्किङ ट्याक्टर चोरी भएको हो।

विपिन टेड्रसका सञ्चालक विजयकुमार अग्रहरीको घर अघि पार्किङ गरेको रातो रंगको होल्याण्ड कम्पनीको ट्याक्टर पार्किङ स्थलबाटै चोरी भएको निर्माण व्यवसायी सुमन खड्काले जानकारी दिए। पछिल्लो समयमा ठूला सवारी साधन समेत पार्किङ गरेको स्थानबाटै चोरी हुँदा जुम्लाको सुरक्षा क्षेत्रमा चुनौति थपिएको छ।

जुम्लामा डर लाग्दो चोरीका घटना बढ्न थालेका छन्। चोरी भएको स्थानमा चौविसै घण्टा प्रहरी ड्युटीमा बस्छ। प्रहरी नियमित गस्ती समेत गर्छ। त्यो स्थानबाटै ट्याक्टर चोरी हुनु निकै दुःखद् हो। खड्काले भने,‘अब सुरक्षा अवस्थाको बारेमा प्रहरी माथि नै प्रश्न गर्ने बेला आइपुग्यो। यो चोरी योजनाबद्ध हो। जसरी पनि चोर पत्ता लाग्नु पर्छ, यो हाम्रो माग हो।’

चोरीएको ट्याक्टर खोजीका कारण जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइसकेको छ। ट्याक्टर मालिक विपिन टे«डसमा सञ्चालक विपिन अग्रहरी सदरमुकाम क्षेत्रबाटै टयाक्टर चोरी हुनुले निकै शंका उत्पन्न गरेको बताए। उनले भने,‘प्रहरी प्रशासनबाट सुरक्षाको अनुभूति हुन सकेन। तत्काल ट्याक्टरको खोजी होस। जुम्लावासीलाई सुरक्षाको प्रत्याभूति होस। कुनै पनि नागरिक शान्तिपूर्वक बस्न पाउनु पर्ने अधिकारको ग्यारेण्टी होस।’

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले ट्याक्टर चोरी भएको जानकारी आउने वित्तिकै खोज अनुसन्धान सुरु भइसकेको बताए। उनले भने,‘जुम्ला कालिकोटको सिमाना रारालिहीदेखि बाहिर गएको देखिँदैन। कतै गाउँमा लिएर राखेको हुन सक्छ। सबै प्रहरी युनिटमा खबर भईसकेको छ।’नागरिक दैनिकबाट