☰ open Loading... 20 April 2024|  

कर्णाली प्रदेश लोक सेवा आयोगले खोल्यो विज्ञापन
  | २७ पुष २०७८, मंगलवार १८:२२

सुर्खेत : कर्णाली प्रदेशमा प्रदेश लोकसेवा आयोगले पदपुर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले आज खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।

आयोगले प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समुहका अप्राविधिकरप्राविधिक तर्फका विज्ञापन प्रकाशित गरेको हो । प्राविधिक पाँचौं तहको खुला तर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातीतर्फ ६ जनाका लागि विज्ञापन गरिएको छ ।

यस्तै, अप्राविधिकतर्फ सव–ईन्जिनियर ५७, कृषि प्राविधिक ६२, पशु प्राविधिक ३७, हेल्थ असिस्टेन्ट ३०, स्टाफ नर्स २३ जनाका लागि विज्ञापन गरिएको हो ।