☰ open Loading... 4 December 2024|  

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने
  | २८ पुष २०७८, बुधबार ०८:३१

दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले पछल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि दैलेखमा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढीको संख्यामा भेला हुन रोक लगाएको छ।जिल्ला प्रशासन कार्यालय दैलेखले मंगलबार एक सुचना जारी गर्दै नेपालमा कोरोना संक्रमण र नयाँ भेरियन्ट ओमिक्रोन फैलिएको र दैलेख जिल्लामा फैलिन सक्ने अवस्थालाई मध्यजनर गर्दै सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

गृह मन्त्रालयको निर्देशन र कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसलाई आधार मान्दै दैलेख जिल्लामा पनि सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढि भेला हुने गरी मेला लगाउने, धेरै मान्छे जम्मा भई भेला हुने तथा महोत्सबहरु आयोजना गर्ने जस्ता कार्य नगर्न निर्देशन जारी गरीएको हो ।नियमित कार्यक्रम स्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्ने गरी स्थानीय प्रशासनको अनुमतिमा सञ्चालन गर्न पाइने,राजनीतिक, प्रशासनिक र सामाजिक कार्यक्रममा अनावश्यक भिडभाड नपाईने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल बताए ।

यस्तै  आउदो माघ ७ गतेदेखि भने सार्वजनिक स्थानहरुमा प्रबेश गर्दा खोपकार्ड अनीवार्य गरिएको छ । माघ ७ गतेखेखी लागूहुने गरी सार्वजनिक स्थानहरु जस्तै कार्यालय, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात बैंक तथा वित्तीय संस्था) मा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ । आफुले लगाएको कोभिड खोप विरुद्धको काडर्को मोबाइलमा खिचीएको फोटो भएपनि मान्य हुने प्रशासनले जनाएको छ ।

No photo description available.