☰ open Loading... 3 December 2024|  

दैलेखमा सवारी चेकजाँचमा कडाई, प्रहरी प्रमुख पनि चेकजाँच गर्दै
  | २९ पुष २०७८, बिहीबार ०५:५५

 

दैलेख ।दैलेख सदरमुकाममा सवारी साधनलाई एकतर्फी संचालन अवज्ञा हुन थालेपछि अहिले प्रहरीले कडाई गरेको छ। साँघुरो बजारमा दोहोरो गाडी हिँड्दा लामो जाम हुने र पैदल यात्रुलाई समेत मुस्किल हुन थालेपछि एकतर्फी सवारी साधान संचालनमा चेकजाँजमा कडाई गरिएको हो।

ट्राफिक नियम थाहा भएर पनि पालना नगर्ने, मादक पदार्थ सेबन गरि सबारी साधन तिब्र गतिमा चलाउँदा दुर्घटनामा बृद्धि भएको भन्दै बुधबार दैलेख प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहको अगुवाइमा सवारी चेकजाँचमा कडाइ गरिएको छ ।

बुधबार ट्राफिक नियम उल्लंघन गरेर सवारी चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गरिरहेको छ । बुधबार ३० भन्दा बढी जिप मोटरसाईकल र बसलाई कारबाही गरिएको प्रहरी प्रमुख साहले जानकारी दिए।

सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो।जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको यसअघि संयोजनमा बोर्डहरु राख्ने कार्य गरिसकेको छ।