☰ open Loading... 25 January 2022|   मङ्लबार, माघ ११, २०७८

Advertisement
ज्येष्ठ नागरिकलाई कम्बल वितरण
  |

 

गाणेश रावत, कोहलपुर- चिसो र शीतलहरका बेला अहिले बालबालिका, ज्येष्ठ नागरिक, असहाय, तथा अतिविपन्न परिवार बढी प्रभावित भएका छन् । चिसोलाई मध्यनजर गर्दै बाँके बैजनाथ गाउँपालिका वडा नम्वर ७ ले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामग्री वितरण सुरु गरेको छ । वडामा रहेका ७५ वर्ष देखि माथिका र ८० वर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई न्यानो कम्बल (ब्लान्केट) वितरण गरिएको हो ।

बैजनाथ गाउँपालिका वडा नम्वर ७ मा रहेका जेष्ठ नागरिकलाई अध्यक्ष सिताराम थारु बताले आज एक कार्यक्रमका बीच ज्येष्ठ नागरिकहरुलाई कम्बल हस्तारण गरेका थिए । त्यस अवसरमा बोल्दै अध्यक्ष थारुले अहिले चिसो मौसममा यो न्यानो कम्बलले मद्दत पु¥याउने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी विशेष कार्यक्रमको प्याकेज लागू गरेको भन्दै अब गाउँपालिकाका कुनै पनि ज्येष्ठ नागरिकलाई स्वास्थ्यलगायतका सेवाबाट वञ्चित हुनुपर्ने अवस्था नआउने बताए ।

गाउँपालिकाको ७५ वर्ष पूरा गरेका ८० वर्ष ननागेका ज्येष्ठ नागरिक ज्येष्ठ नागरिक दलित र एकल महिला गरी ३७ जनालाई कम्बल वितरण गरिएको बताए । सानो भएपनि कम्बल पाउँदा एकदमै खुसी भएको जेष्ठ नागरिकहरुले बताए ।




प्रकाशित मितिः शुक्रबार, पुस ३०, २०७८     5:31:54 AM