☰ open Loading... 19 April 2024|  

बालविवाहविरुद्ध प्रहरीको अभियान
  | ३० पुष २०७८, शुक्रबार ०६:०४

 

दैलेख- दैलेख प्रहरीले बालविवाहविरुद्ध सचेतनामुलक अभियान संचालन गरेको छ।पछिल्यो समयमा जिल्लामा उमेर नपुगी हुने विवाह गर्ने प्रवृति धेरै भएकाले यसलाई न्यूनीकरण गर्न प्रहरीले सचेतनामुलक अभियान संचालन गरेको हो।जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा दुल्लु नरगपालिका लगायत जिल्लाका बिभिन्न ठाँउमा प्रहरीले कार्यक्रम गरि रहेको दैलेख प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहले बताए।

No description available.

 

उनका अनुसार विद्यालय तहमा अध्यायनरत बालबालिकाहरुले नै बालविवाह गर्ने गरेको भन्दै प्रहरीले बालविवाह कम गर्न विद्यार्थीलाई नै सचेत बनाउने अभियान थालेको बताए।जिल्लामा उमेर नपुगी हुने विवाह गर्ने प्रवृति धेरै भएकाले यसलाई न्यूनीकरण गर्न प्रहरीले सचेतनामुलक अभियान संचालन गरेको प्रहरी प्रमुख साहले बताए।

उनका अनुसार प्रहरीहरुको विद्यालय पुगेर सामाजिक विकृतिका विरुद्धमा जनाचेताना जोगाइ रहेका छन ।प्रहरीले वहुविवाह, वालविवाह, छाउपडी प्रथा अन्त्य विद्यालयमा पुगेर लागु औषध दुव्र्यसनीमा फसेका वालवालिका, युवायुवतिहरुलाई समेत सचेतना जोगाइरहेको छ ।