☰ open Loading... 18 November 2024|  

प्रशासनद्धारा कोरोना बिरुद्धको खोप लगाउन छुटेकालाई लगाउन आग्रह
  | ३० पुष २०७८, शुक्रबार १९:५५

 

यामराज बिष्ट 
दैलेख – जिल्ला प्रशासन कार्यालय दैलखमा कोरोना भाइरस विरुद्धको जोन्सन एण्ड जोन्सन लगाउन सुरु गरिएको छ। प्रशासनका अनुसार बुधबारदेखि ११स्थानिय तहबाट सहभागि भएका स्थानिय नागरिकलाई खोप लगाउने कार्य सुरु भएको हो।स्वास्थ्य सेवा कार्यालय दैलेखको समन्वयमा जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी प्याकुरेलका अनुसार १८ वर्ष उमेर देखि माथिका नागरिक, छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति लगायतलाई खोप लगाइने जानकारी दिए। प्रशासन अनुसार (शुक्रबार सम्म) तिन दिनसम्मको अवधिभर ३सय ५९जना बढी नागरिकले खोपको लगाएइसकेका छन् ।

यस्तै सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा बिरुद्धको खोपकार्ड अनिबार्य गर्ने गरिएको छ । माघ ७ गतेदेखि लागू हुने गरी सार्वजनिक स्थानहरु जस्तै कार्यालय, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने ,आफुले लगाएको खोपको कार्डको मोबाइलमा खिचिएको फोटो भएपनि मान्य हुने प्रशासनले जनाएको छ ।साथै खोप लगाउन छुटेका व्यक्तिहरूले नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य सेवा कार्यालय वा यस कार्यालयमा समेत खोप लगाउन सक्ने व्यहोरा समेत जानकारी गराएको छ।