☰ open Loading... 19 April 2024|  

घोडाबासमा अस्थायी प्रहरी पोष्ट स्थापना
  | १० माघ २०७८, सोमबार ०६:२०

 

 

दैलेख -दैलेखको गुराँस गाँउपालिका वडा नं:४ घोडाबासमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।गुराँस गाँउपालिका दैलेखको सहकार्यमा प्रहरी पोष्ट स्थापना गरिएको हो ।गाउँमा प्रहरी चौकी नहुँदा लागू औषध दुर्व्यसनीसँगै अपराधिक क्रियाकलाप बढेको स्थानीयको गुनासो थियो । बढ्दो अपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डियसपी भुवेश्वर प्रसाद साहले बताए ।शान्ति सुरक्षा अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धानमासमेत थप मद्दत पुग्ने प्रहरी प्रमुख साहले बताए ।

May be an image of 5 people

प्रहरी पोष्टको आइतबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल प्रहरी प्रमुख भुवेश्वर प्रसाद साहले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले शान्ति सुरक्षा कायम राख्नका निम्ति प्रहरीलाई स्थानीयले सहयोग गर्नुपर्ने बताए । प्रहरीले गर्ने हरेक राम्रा कार्यमा स्थानिय नागरिकको सहयोग मिल्दै गएपछी प्रहरीको मनोबल उच्च रहने बताए। हरेक सुचना नागरीकलाई जानकारी हुने भएकाले अपराधिक क्रियाकलाप देखि समाजका बिसगती विकृती सबै नियन्त्रणका लागि प्रहरीलाई साथ दिन प्रमुख जिल्ला अधिकारी प्याकुरेरलेआग्रह गरे ।

यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष यज्ञराज थापाले प्रहरी अस्थायी  प्रहरी पोस्ट स्थापनाले नागरिकमा सहज रुपमा सुरक्षाको अनुभुती दिलाउने बताए । शान्ती सुरक्षाको बाताबरण बनाउन नगरिकले पनि प्रहरीलाई सहयोग गर्नु पर्ने बताए। कार्यक्रममा वडा अध्यक्ष खड्क बहादुर शाही लगायत अन्य स्थानियवासीको सहभागिता थियो ।