☰ open Loading... 4 October 2022|   मङ्लबार, अशोज १८, २०७९

दैलेखमा बाक्लो हिमपात, जनजीवन कष्टकर
  |

 

दैलेख – दैलेखमा लगातारको भरी बर्षा र हिमपातका कारण मानिसको जनजिवन कष्टकर बनेको छ ।बिहीबार रातीदेखि जिल्लाका ११ वटै स्थानीय तहका उच्च भुभागहरुमा हिमपात भएको हो ।बर्षा र हिमपात संगै जिल्लामा जाडो पनि ह्वातै बढेको छ ।हिउँ जमेपछि सर्वसाधारण घरबाहीर निस्कन नसकेको र चिसो बढेको दैलेखका होटल प्यवसायी शिवराज जैसीले बताए । दैलेखका विभिन्न ठाँउमा भारी बर्षा संगै हिमपात भएपछि यातायात सेवा समेत प्रभावित भएको छ । बर्षाले मानिस र पशुपंक्षीलाई समस्या भएको कृषकहरुले बताएका छन् ।२ दिन यता देखि लगातार भैरहेको बर्षाका कारण दैलेख सदरमुकाम लगाएत जिल्लाभरका बिभीन्न सडकसंगै बाटोघाटोहरु हिलाम्य भएका छन । पानी र हिलोका कारण सडकमा आवतजावत गर्ने साना देखी ठुला सवारी साधान हुदै पैदल यात्रिलाई समेत यात्रा गर्न सकस भएको छ ।

बर्षा र हिमपातले अत्याधिक चिसो बढ्दा जनजिवन कष्टकर समेत भएको छ । सदरमुकाम दैलेख बजारमा मानीसहरु पसल पसलमा आगो बालेर तापीरहेका छन भने हिजो अस्तीको तुलनामा मानीसहरुको आवजावत समेत न्यून देखीएको छ ।स्थानीय रैनादेवि माध्यमिक विद्यालय नारायण नगरपालिका -११ शिक्षक प्रेमबहादुर बिष्टका अनुसार नारायण नगरपालिका -११मा ३ फिट सम्म हिउँ जमेको छ। जनजीवन कष्टकर छ बिष्टले भने जाडो थाम्नै नसकिने छ ।

 

बर्षासंगै जिल्लाको दैलेख सदरमुकाम ,गुराँस गाउँपालिकाको गुराँसे, रानीमत्ता, घोडाबास लगायतका क्षेत्र, महाबु गाउँपालिकाको महाबु, काशिकाँध, गैडाबाज, रानीवन, नौमूले गाउँपालिकाको तोली, बालुवाटार, सल्लेरी, चौराठा, भगवतीमाई गाउँपालिकाको रुम, जगनाथ, कट्टी, मेहेल्तोली, मन्घर, वडाभैरब, डुङ्गेश्वर गाउँपालिकाको लाँकुरी, अवलपराजुलको माथिल्लो भूभागहरुमा हिमपात भएको छ।

यस्तै भैरबी गाउँपालिकाको कुसापानी, पानीपोखरा, बेहुली, चामुण्डाविन्द्रासैनी नगरपालिकाको काफलमेला, सिस्नेरी,चापागाउँ, ठाटीकाँध गाउँपालिकाको विशाला, हिमपाईला, बिजारे, तोलीजैसी, आठबीस नगरपालिकाको सिंहासैन, पिपलकोट र तिलेपाटा तथा दुल्लु नगरपालिकाको मालिकाक्षेत्रमा बाक्लो हिमपात हुँदा त्यस क्षेत्रको जनजीवन भने प्रभावित भएको छ । हिमपातले जाडो बढे संगैे बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएकाछन् ।भारी बर्षा संगै परेको हिमपातका कारण अत्याधिक चिसो बढ्दा बृद्धबृद्धा र बालबालिका बढी प्रभावित भएका छन् ।

!-- .entry-content --> प्रकाशित मितिः शुक्रबार, माघ २१, २०७८     7:40:29 PM