☰ open Loading... 3 December 2024|  

करेन्ट लागेर एक जनाको मृत्यु
  | २१ माघ २०७८, शुक्रबार ०५:३४

सुर्खेत –सुर्खेतको धुलियाबीटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर –११ का स्थानीय २२ वर्षका भुवन बुढाको करेन्ट लागेर मृत्यु भएको हो । घरमा जोडेको बिजुलीको तार बाँसमा राखेर अग्लो बनाउन खोज्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार तार अग्लो बनाउन प्रयोग गरिएको बाँस खाडलमा राख्नेबेला फुत्किएर बिजुलीको नांगो तारमा खसेपछि बुढालाई करेन्ट लागेको हो ।त्यही घटनामा परी स्थानीय २० वर्षका दुर्गा रोकाया घाइते भएका छन । उनको वीरेन्द्रनगरस्थित देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।