☰ open Loading... 20 April 2024|  

बङ्गुर पालनबाट वार्षिक १८ लाख आम्दानी
  | २६ माघ २०७८, बुधबार ०५:२२

सल्यान । सल्यानको कपरकोट गाउँपालिका –३ कपुरकोटका भक्तबहादुर घर्तीले व्यावसायिक बङ्गुर पालनबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् ।व्यावसायिक बङ्गुर पालनबाट उनेले वार्षिक १८ लाखको आम्दानी भएको घर्तीले बताए ।

विगत आठ वर्षदेखि परम्परागत रुपमा दुई वटाबाट व्यवसाय सुरु गरको अहिले साना ठुला गरी ३० वटा बङ्गुर पालन गर्दैआएको उनले बताए । “मसँग १० वटा माउ बङ्गुर छन् । एक वर्षमा राम्रो स्याहार र दाना पायो भने तीन पटकसम्म पाठा पाठी दिन्छ । एउटै बङ्गुरले १० देखि १२ वटासम्म पाठा पाठी दिन्छ ।” उनले भने ।एउटै पाठा पाठी ४ देखि ५ हजारसम्म बिक्री हुने भएकाले बङ्गुर आम्दानीको राम्रो स्रोत बनेको उनको को भनाई छ ।

एक महिनाअघि मात्र १ सय २० वटा बङ्गुरका पाठा पोखरामा बिक्री गरेको बताउनुहुँदै उनले यस व्यवसायमा मासुका लागिभन्दा पनि पाठा पाठीको माग बढी हुने गरेको बताए ।