☰ open Loading... 25 January 2025|  

आज देखि शैक्षिक संस्था खुल्ने
  | १ फाल्गुन २०७८, आईतवार ०५:३४

आज देखि शैक्षिक संस्था खुल्ने भएका छन्।कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था खोल्न पाउने निर्णय गरेको थियो। सोही निर्णय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहमा सर्कुलर गरेको हो।

विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आज बाट सञ्चालन गर्ने केन्द्रले जारी विज्ञप्तिमा भनेको छ।

यसका साथै विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्न भनिएको छ।