यामराज बिष्ट दैलेख-दैलेखको डुवेश्वर गाउँपालिका वडा नं -२ को विजयकोट टोललाई पुर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको छ।आईतबार एक कार्यक्रमको आयोजना गरी पुर्ण सरसफाई स्वच्छता उन्मुखका लागि सरसफाईका लागी सवै सूचकहरु पुरा गरेपछि विजयकोटका २९घरधुरी र एक विद्यालयलाई पुर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको एभेष्ट क्लबका दैलेखका स्थानिय स्रोत ब्यक्ती दिलिप कुमार खड्काले बताए।गाउँ सुधार स्वास्थ्य आमा समुहको समन्वयमा र वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति डुवेश्वर गाउँपालिका -२को आयोजना तथा एभेष्ट क्लब दैलेख र एस एन भि नेपालको साझेदारीमा संञ्चालित समाबेशि तथा दिगो ग्रामीण खानेपानी आपूर्ति सेवा परियोजनाको सहजीकरणमा घोषणा गरिएको हो ।
कार्यक्रममा डुवेश्वर गाउँपालिका २ वडा सदस्य रुद्र बहादुर बिष्ट मान्छे स्वस्थ्य जीवन बिताउन ब्यक्तिगत सरसफाई देखी वातावरणीय सरसफाईमा ध्यान दिनु आवश्यक रहेको र खास गरी बढ़ी जसो सरुवा तथा महामारी जस्ता रोगको चपेटामा गरिब समुदायहरु बढ़ी जसो पर्ने गर्छन् । त्यस्ता महामारीबाट जोगिन विजयकोट टोललाई सफा र स्वच्छ टोल घोषणा गर्न सफल भएको बताए।
महिला संशक्तीकरण मञ्चकी जिल्ला सदस्य लाल कुमारी थापाले फोहोरको अन्त्यले नै मानिस स्वच्छ भएर बाँच्ने भएकाले यो कार्यक्रमलाई घोषणमा मात्र सिमित नराख्न अनुरोध गरेकी छिन् ।
फोहोरको अन्त्यले नै मानिस स्वच्छ भएर बाँच्ने भएकाले सरसफाईमा ध्यान दिनु आवश्यक रहेको आसा परियोजनाकी सामाजिक परिचालक सरस्वती बिसीले बताईन्।टोललाई सफा र स्वच्छ टोल राख्न सबै समुदाय लाग्नुपर्ने उनले जोड दिईन्।
कार्यक्रमलाइ सुभकामना ब्यक्त गर्दै एभेष्ट क्लब दैलेखका कार्यकारी निर्देशक कमल खड्काले नमुना टोल बनाउन सफल हुनु भएको मा सम्पुर्ण डुवेश्वर गाँउपालिका वडा नं -२ वार्ड वासी लगायत विभिन्न संघ संस्थालाई धन्याबाद तथा सुभकामना बेक्त गर्दै अज यो भन्दा बढी अग्रसर भएर अगाडि बढ्न सबैमा आग्रह गरे ।बिषेश गरि अहिले एभेष्ट क्लब दैलेखले सन २००४देखि नै अभियान थालेको यहाँ भन्दा पहिल देखि नै दैलेख जिल्लाका ४पालिकामा पुर्ण सरसफाई स्वच्छता उन्मुख पालिका घोषणा काम थालिएको खड्काले बताए ।
यस्तै विजयकोट टोललाई नमुना टोलको रुपमा घोषणा गरेको भन्दै यो वर्ष भित्रमा वडालाई नै पुर्ण सरसफाई स्वच्छता युक्त वडा घोषाणा गरिने डुवेश्वर गाउँपालिका-२का वडाअध्यक्ष राजु कुमार खत्रिले जानकारी दिए।वडा अध्यक्ष खत्रिले भने आफनो वडालाई पुर्ण सरसफाई युक्त वडाको मात्र नभई आफुले विकास गर्न चाहेको वताए । यसका लागि सवैसंग समन्वय र सहकार्य गरेर जाने खड्काले प्रतिवद्धता व्यक्त गरे ।उक्त कार्यक्रमको संचालन डुवेश्वर गाँउपालिका -२का जनस्वाथ्य निरीक्षक बालकृष्ण बिष्टले गरेका थिए ।यस भन्दा पहिले डुवेश्वर गाँउपालिका- २का रवाटीका २६घरधुरीलाई पुर्ण सरसफाई स्वच्छतायुक्र्त टोल घोषणा गरिसकिएको छ ।