☰ open Loading... 25 January 2025|  

सम्पुर्ण धर्महरुको संरक्षण गर्नु सरकारको दायित्व ः मन्त्री शाही
  | १ फाल्गुन २०७८, आईतवार २०:५२

दैलेख –नेपाल बहुभाषिक , बहु धार्मिक बहु सांस्कृतिक मुलुक भएकोेले सम्पुर्ण धर्महरुको संरक्षण गर्नु सरकारको दायित्व भएको करर्णाली प्रदेश आन्तरिक ममिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले बताउनु भएको ।

नेपालीको मौलिक सांस्कृतिक संरक्षण गर्नको लागि कर्णाली प्रदेश सरकार लागि पर्ने बताउनु भएको छ । आज नोर्वु छयोलिङ्ग वौद्ध गुम्वा चामुण्डा विन्द्रशैनी नगर पालिका वडा नं. १ ले आयोजना गरेको बत्राइ तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले सो कुरा बताउनु भएको हो । मन्त्री शाहीले यहाँको शिक्ष , स्वास्थ्य , खानेपानी यातायात भौतिक संरचनाको विकासका लागि विकासका लागि आफु प्रतिवद्ध रहेको बताउनु भएको छ । मन्त्री शाहीले जनताको आवश्यकता र पहिचान गरेर प्रकृयागत रुपमा आएको मागहरुलाई आफुले सम्वोधन गर्ने बताउनु भएको छ ।

मन्त्री शाहीले गुम्वाको विकास र  पवद्धनको लागि पर्ने बताउनु भएको छ । कानुन मन्त्री शाहीले गुम्वाको पुजा समेत गर्नु भएको थियो ।
यस्तै आन्तरिक ममिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले आज चामुण्डा विन्द्राशैनी नगरपालिकामा रहेको चामुण्डा नमुना माध्यमिक विद्यालय र चामुण्डा कलेजको अनुगमन तथा भर्मण गर्नु भएको छ । भेटघाटको क्रममा देश र सम्मुनत समाजको निर्माण र विकास को समृद्धिका लागि वुद्धीजिवी वर्गहरुको भुमिका अहम हुने भएकाले वुद्धजिवी , शिक्षक कर्मचारी लगाएतका ब्यक्तिहरु अग्रसर हुनु पर्नेमा जोड दिनु भएको छ । मानव जिवनको विकासका लागि सबै भन्दा महत्वपुर्ण शिक्षा र ज्ञान भएको दावी गर्नु भएको छ ।

मन्त्री शाहीले जव सम्म शिक्षाको विकास हुंदैन तव सम्म नेपालका विकासको सम्भावना नरहेको दावी गर्नु भयो । मन्त्री शाहीले कर्मचारीहरु पाटीको सेवक नभएर देश र जनताको सेवक बन्नको लागि कर्मचारीहरुलाई आग्रह गर्नु भयो ।