☰ open Loading... 24 January 2025|  

विद्यालय खुलेसँगै विद्यार्थी उत्साहित
  | २ फाल्गुन २०७८, सोमबार ०५:१७

अछाम । कोरोनाको संक्रमणदर वृद्धि भएपछि एकाएक बन्द गरिएका अछामका सामुदायिक तथा संस्थागत विद्यालयहरू आजबाट खुलेका छन् ।

गत पौष २७ गतेबाट पूर्ण रुपमा बन्द भएका विद्यालयहरू आउँदो फागुन १ गतेबाट सञ्चालनमा आउने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय अछाममा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को बैठकले पालिकामा कोरोनाको सङ्क्रमणको अवस्था हेरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न सक्ने अधिकार प्रदान गरेको र सरकारले पनि विद्यालय खोल्ने अनुमति दिएपछि अछाम जिल्लाका विद्यालय समेत सञ्चालन भएका हुन् ।

विद्यालय सञ्चालन भएपछि विद्यार्थीहरू उत्साहित हुँदै विद्यालय आएका छन् । विद्यार्थीहरू खुसी हुँदै विद्यालयमा आएका र पठनपाठन कार्य सुचारु गरिएको षोडशादेवि माविका प्रधानाध्यापक मदन कुँवरले बताउनुभयो ।

अछाम जिल्लाका ४ सय ९० सामुदायिक तथा संस्थागत विद्यालय आजबाट सञ्चालनमा आएका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरीले बताउनुभयो ।