☰ open Loading... 24 January 2025|  

थप७४७ जनामा कोरोना संक्रमण
  | ३ फाल्गुन २०७८, मंगलवार ०५:१५

 

काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ७४७ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा ४८२ र २ हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।सोमबार २३१९ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।हाल देशभर २० हजार ७३९ संक्रिय संक्रमित छन् ।