कर्णाली प्रदेस सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले पत्रकारहरु सेवामुखी हुनको लागि जोड दिनु भएको छ । मन्त्री शाहीले संचार क्षेत्रमा काम गर्ने पत्रकार र संचरकर्मीहरुले निहति स्वार्थ र दलिय स्वार्थबाट टाढा रहेर सत्य तथ्यमा आधारित निर्धकका साथ समाचार संकलन गर्न आग्रह गर्नु भयो । मन्त्री शाहीले वी इनस्पाएर नेपालको आयोजनामा भएको दुई दिने मिडिया साक्षातकार तालिमको समापन कार्यक्रममा सो कुरा बताउनु भएको हो । कानुन मन्त्री शाहीले पत्रकार भनेको राष्ट्रको चौथों अंग भएकोले कणाली प्रदेस सरकाले सम्पुर्ण पत्रकारहरुको हकहितको लागि वृहत छलफलका साथ कर्णाली प्रदेश आमसंचार प्रतिष्ठान गठन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
कानुन मन्त्री शाहीले समाजमा भएको विकृति , विसङ्गतीलाई अन्त्य गर्दै कुनै निर्भयकता ,निश्वार्थका साथ समुन्नत विकासको लागि युवा पुस्ताहरु जागरुक हुनु पर्ने जोड दिनु भएको छ । देशले रुपान्तरण र पुस्तान्तरण खोजेकोले युवा पुस्ता निश्वार्थ भावनाका साथ लाग्न उहाँले आग्रह गर्नु भएको छ । उहाँले अव युवाहरु म , मेरो होइन हामी र हाम्रो भनेर अघि बढे मात्र देशमा परिवर्तन हुने बताउन भयो । उहाँले भन्नु भयो “ नेपालमा सत्तामा पुगे पछि आफ्नो आसेपासे , नजिकको नतागोता लाई प्राथमिकता दिने चलनलाई तोडेर आवश्यकतालाई पहिचान गरेर सबैका समस्या समाधन गरिने छ ” ।
आफु सबैको साझा जनप्रतिनिधी बन्ने र सबै जनप्रतिनिधी , राष्ट्र सेवक कर्मचारीहरुलाई दलिय स्वार्थबाट टाढा रहन पनि उहाँले आग्रह गनु भयो । मन्त्री शाहीले कर्णाली प्रदेशमा थाँती रहेका सम्पुर्ण चुनौतीहरुलाई सामना गरेर कर्णाली बासीलाई समुन्नत यात्रामा लिनको लागि कर्णाली प्रदेस सरकार तयार रहेको दावी गर्नु भएको छ ।