| ६ फाल्गुन २०७८, शुक्रबार ०५:०६
काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ६३९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनामा कोरोना परीक्षण गर्दा ६३९ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार १६०० जना संक्रमणमुक्त भएका छन् ।गत २४ घण्टामा ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।सँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ पुगेको छ ।