☰ open Loading... 4 December 2024|  

छैठौं निर्वाचन दिवसकाे अवसरमा अन्तरक्रिया
  | ६ फाल्गुन २०७८, शुक्रबार १८:५३

यामराज बिष्ट दैलेख- छैठौ निर्वाचन दिवस २०७८ को अवसरमा जिल्ला निर्वाचन कार्यालय दैलेखले स्थानीय तह निर्वाचनलाई लक्षित गरी आन्तरिक तयारी शुरु गरेको छ । २०७४वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीहरुको अवधि अन्तिम चरणमा पुगेसँगै आगामी २०७९ बैशाख३० गते हुने निर्वाचनका लागी अन्तरक्रिया कार्यक्रम गर्दै तयारी अघि बढाएको हो ।

फागुन ७ गते परेको निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय दैलेखले जिल्लाका राजनितिक दल, स्थानिय तह प्रमुख एवं प्रतिनिधी र पत्रकार ,अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम  गरेको जिल्ला निर्वाचन कार्यालय दैलेखकी जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिईन् ।स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन सम्वन्धी कामहरु अगाडि बढिसकेको जिल्ला निर्वाचन अधिकारी काउचाको भनाई छ ।

२०७८ बैशाख २९ गतेसम्म १८ बर्ष उमेर पुरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका नेपाली नागरिकले निर्वाचनमा मतदान गर्न पाउने उनले बताईन्।कार्यालयको तथ्यांक अनुसार दैलेखमा १,६६,६१४ जना मतदानका लागि महिला ८२,७९६ र पुरुष८३,८१८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। । १,६६,६१४जना मध्येपनि विवरण सच्याउने कार्य अन्तिम नामावलीमा मतदाता संख्या बढ्न सक्ने जिल्ला निर्वाचन अधिकारी काउचाको भनाई छ ।