☰ open Loading... 25 January 2025|  

थप ४सय ३७ जनामा कोरोनाका संक्रमण
  | ७ फाल्गुन २०७८, शनिबार ०५:०९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ४३७ जना नयाँ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ९१ परीक्षणमा विभिन्न जिल्लाका गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १३ हजार ५ सय ४४ पुगेको छ । तीमध्ये ९ लाख ७५ हजार १३२ जनाको पीसीआर र १ लाख ३८ हजार ४१२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । कूल संक्रमितमध्ये ९ लाख ४८ हजार ७८४ जना निको भएका छन् ।

त्यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९१३ पुगेको छ ।

अहिले कोरोना संक्रमित निको हुने धेरै र संक्रमण पुष्टि हुने कम रहेका पनि मन्त्रालयले जनाएको छ । शुक्रबार सक्रिय संक्रमित घटेर १४ हजार ४३५ जना कायम भएको छ । अघिल्लो दिन यो संख्या १६ हजार ६१६ रहेको थियो ।