☰ open Loading... 18 January 2025|  

मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
  | ८ फाल्गुन २०७८, आईतवार ०५:०९

सुर्खेतको भेरीगंगा हर्रे नजिकै मोटरसाईकल दुर्घटनाहुदाँ दुईजनाको ज्यान गएको छ।सुर्खेत–नेपालगञ्ज रत्नराजमार्गको हर्रे चेकपोष्ट नजिकै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा भेरीगंगा नगरपालिका १०, घारीवनका २० वर्षीय रविन सिंजाली र १७ वर्षीय योगेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
छिन्चुदेखि नेपालगञ्ज जाँदै गर्दा रत्न राजमार्गको बबई नजिकै भीरबाट मोटरसाईकल दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले बताउनु भएको छ ।

तीव्रगतिका कारणले भीर नजिकैको टर्निङ्गमा मोटरसाइकलको हेन्डिल मोड्न नसकेर गएराती नै दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।बाटोमा ओहर–दोहर गर्ने यात्रुले मोटरसाइकल भीरबाट खसेको देखेपछि हर्रे स्थित नेपाली सेनाको चेकपोष्टलाई खबर गरेका थिए ।