☰ open Loading... 18 January 2025|  

११कैदीको कैद मिनाहा
  | ८ फाल्गुन २०७८, आईतवार ०५:२१

दैलेख –प्रजातन्त्र दिवस २०७८ को अवसरमा दैलेख कारागारबाट सजायको क्रममा असल आचरण देखाएका ११ जना कैदी बाँकी सजाय मिनाह पाइ मुक्त भएका छन् । दिवसको अवसरमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ११ जना कैदी बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका दैलेख कारागारका जेलर तिलक प्रसाद न्यौपानेले बताए ।कैदी बन्दीको बानी व्यवहार अनुसार चालचलन, रहनसहन सबै राम्रो भएपछि कारागारका जेलर न्यौपानेले बताए।

उनले भने ५० प्रतिशत कैद सजाय भुक्तान गरेका कैदीहरुको बाँकी कैद छोट्याएर माफी मिनाह दिई निजहरुको बाँकी कैद सजायको लगत कट्टा गरी रिहा गरिएको कर्तब्य ज्यान मुद्धाका २, चोरी मुद्धाको १ र बहुविवाह मुद्धामा जेल सजाय भोगिरहेका ८ जना गरी ११ जनाको बाँकी कैद सजाय माफी पाएको जेलर न्यौपानेले बताए ।

प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते देशभरबाट ५ सय १३ जना कैदीबन्दीले आममाफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस बमोजिम ५ सय १३ कैदीबन्दीहरूलाई कैद र सजाय माफी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम फुर्वा शेर्पासहित देशभरका कारागारमा रहेका ५ सय १ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।त्यस्तै, मन्त्रिपरिषद्को सिफारिसमा १२ जनाको सजाय माफी भएको छ ।