☰ open Loading... 25 January 2025|  

थप ३सय ५० जनामा कोरोना संक्रमण
  | ८ फाल्गुन २०७८, आईतवार ०५:२४

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ५३८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ९८ जना र ३ हजार ५५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार ८९४ पुगेको छ । सोही अवधिमा ७ लाख ६९ हजार ५७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा १३ हजार ३५७ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२७२ जना कोरोना मुक्त भए, ४ संक्रमितको मृत्यु

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २७२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९६ जनाको परीक्षण हुँदा हालसम्म कुल ६४ लाख ०८ हजार ९५७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९१७ पुगेको छ ।