☰ open Loading... 24 January 2025|  

विद्यालयलाई युरोगार्ड प्रदान
  | ११ फाल्गुन २०७८, बुधबार १८:००

 

यामराज बिष्ट
दैलेख- सेन्चुरी कमर्सियल बैंक दैलेखले महेन्द्र माध्यामिक विद्यालय नारायण नगरपालिका -५ भैसेखोरलाई युरो गार्ड सहयोग गरेको छ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा कार्यरत शिक्षक, बिद्यार्थीलाई शुद्द पिउने पानीको उपलब्धताका लागि युरोगार्ड सहयोग गरिएको सेन्चुरी कमर्सियल बैंक दैलेख शाखाका प्रमुख उमेश प्याकुरेलले बताए ।उनले भने विद्यालयमा स्वच्छ खानेपानी पिउन सहज होस् भन्ने उद्देश्यले युरोगार्ड विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई युरोगार्ड हस्तान्तरण गरेको जानकारी दिए ।

 

यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनबहादुर रोकायले दुषित पानी पिउदा झाडापखाला जस्ता विभिन्न रोग संक्रमण फैलने भएको हुदा शुद्ध पानीको ब्यवस्थापन गर्न युरो गार्ड जडान गरिने बताए ।बैकले विद्यालयका हरेक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको र शुद्ध पानीको ब्यवस्थापन गर्न विद्यालयमा युरो गार्ड जडानको महत्वपूर्ण भुमिका रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती खड्काले सेन्चुरी कमर्सियल बैंकले विद्यालयमा युरोगार्ड सहयोग गरेकोमा धन्यवाद दिदै आगमी दिनमा पनि यस्तै सहयोगको अपिक्षा गरेको बताईन्।कार्यक्रमा सेन्चुरी कमर्सियल बैकका कर्जा शाखा प्रमुख मनिष भण्डारी, विद्यार्थी लगायतको को सहभागीता थियो ।