☰ open Loading... 25 January 2025|  

गुठिचौर–डोल्पा जोड्ने सडकको शिलान्यास
  | १२ फाल्गुन २०७८, बिहीबार ०५:२२

जुम्ला । जुम्लाको पूर्वमा पर्ने गुठिचौर गाउँपालिका हुँदै छिमेकी जिल्ला डोल्पा जोड्ने सडकको शिलान्यास गरिएको छ । गुठिचौर गाउँपालिका–४ को प्याकुरेबाडा–मुडुरी हुँदै डोल्पा जोड्ने सडक निर्माणका लागि शिलान्यास गरिएको हो ।

जुम्ला सदरमुकाम खलङ्गाबाट दानसाँघु, गज्र्याङकोट हुँदै डोल्पा जाने सडकमा साना सवारी गुडिरहेका छन् । डोल्पा जिल्ला सँग व्यापारिक सम्बन्ध विस्तार गर्न,ठुला सवारीको आवतजावतलाई सहज गर्नका लागि साढे २ करोड बढीको लगानीमा सडक निर्माण गर्न थालिएको हो ।

मङ्गलवार सडक निर्माण शिलान्यास गर्दै गुठिचौर गाउँपालिकाका अध्यक्ष हरि बहादुर भण्डारीले चालु आव भित्रै गुठिचौर–४ को प्याकुरेबाडा–मुडुरी हुँदै डोल्पा जोड्ने निर्माण सकिने बताउ ।

उहाँले भन्नुभयो,“गुठिचौर देखि डोल्पा सम्म सडक निर्माणका लागि २ करोड ६० लाख बजेट विनियोजन भएको छ । सडक निमार्ण गर्न गुठिचौर गाउँपालिकाको १ करोड ३० लाख कर्णाली प्रदेशको समपूरक बजेटबाट १ करोड ३० गरी २ करोड ६० लाख बजेट छुट्टाएको छ ।”

प्याकुरेबाडा–मुडुरी, गोठिगाउँ हुँदै डोल्पा जोड्ने सडक हिउँदको लागि निकै उपयुक्त हुने छ । डोल्पा सडक पुराउनका लागि दुहियाभिड फोड्नु पर्ने अध्यक्ष भण्डारीको भनाई छ । गुठिचौर गाउँपालिकालाई सबैतिरबाट डोल्पा जोड्नको लागि सडक सञ्जाल विस्तार गर्ने तयारी भइरहेको हो ।

सडक शिलान्यास गर्दै अध्यक्ष भण्डारीले सडकको गुणस्तरीयता र मापदण्डको विषयमा ख्याल पुर्‍याएर काम अघि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।