दैलेख- नारायण नगरपालिका वडा नं१ले जेष्ठ नागरिकलाई सहयोगी सामाग्री सहयोग गरेको छ ।जेष्ठ नागरिक ,अपांगता भएका ब्यक्ती ,फरक क्षेमता भएका ७०बर्ष माथिका७५जना जेष्ठ नागरीकलाई थरमस सहयोग गरिएको नारायण नगपालिका वडा नं-१वडा सचिब गोपाल कुमार श्रेष्ठले जानकारी दिए ।उनले भने जेष्ठ नागरिक तथा अपाँग भएका ब्यक्तीहरुलाई सम्मान कार्यक्रम अन्र्तरगत वडाले २लाख छुटाएकोे बताए ।
कार्यक्रमा नेपाल पत्रकार महासघंका दैलेखका जिल्ला अध्यक्ष यज्ञराज थापाले ज्ञान, सीप र अनुभव सङ्गालेका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गरेका छन्।राज्यले निति नियममा जेष्ठ नागरिकलाई बिषेश सहयोग गर्ने खालका कार्यक्रममा जोड दिनुपर्ने बताए ।
नारायण नगरपालिका वडानं १को आयोजना गरिएको जेष्ठ नागरिक सम्मान कार्यक्रमा नारायण नगरपलिकाकी उप- प्रमुख साबित्री मल्लले गरिब असायको लागि नगर सरकार जहिले पनि सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
यस्तै नारायण नगरपालिकाका नगरप्रमुख रत्न बहादुर खड्काले जेष्ठ नागरिलाई नगर सरकार लगायत आफुले बिगन देखि सहयोग गरेको आउदा दिनमा पनि सहयोग गर्ने बताए। नगर प्रमुख खड्काले भने ज्येष्ठ नागरिकको माया र सम्मान सबैले गर्नुपर्ने बताए ।ज्येष्ठ नागरिकहरुलाई कसरी खुशी दिन सकिन्छ त्यस तर्फ ध्यान दिन जरुरी रहेको बताए। ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन ज्येष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले ज्येष्ठ नागरिक बीमा कार्यक्रम पनि सञ्चालन गरेको उलेल्ख गरे छुटेका नागरिकले वडा सम्पर्क गर्न पनि आग्रह गरे ।
नारायण नरपालिका वडा नं१ वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठले प्रत्येक चोटी पानि तताउने झनझेट कम गर्नलाई गरिब असाय जेष्ठ नागरिकलाई थोरै भएपनि केहि सहजता आयोस भनेर आफ्नो वडा रहेका जेष्ठ नागरिकलाई थरमस सहयोग गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए । उनले भने जेष्ठ नागरिक सम्मान लगायत आफनो वडाबाट जेष्ठ नागरिका सहयोग पुग्ने खालका कार्यक्रम आफु निबार्चित भईसकेपछि कार्यक्रमलाई निरन्तरता दिएको बताए ।