☰ open Loading... 25 January 2025|  

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ५१ विद्यालय छनोट
  | १३ फाल्गुन २०७८, शुक्रबार ०५:१६

बाँके : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बाँकेका ५१ वटा विद्यालय छनोट भएका छन् । उक्त विद्यालयहरु चारकोठे, दुईकोठे भवन तथा आईसिटी व्यवस्थापनका लागि छनोटमा परेका हुन् ।

 

विद्यालय छनोट अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका ८, नरैनापुर गाउँपालिकाका ४, कोहलपुर नगरपालिकाका ९ वटा, खजुरा गाउँपालिकाका ७ वटा, जानकी गाउँपालिकाका ३ वटा, डुडुवा गाउँपालिकाका ४ वटा, राप्तीसोनारी गाउँपालिकाका १० वटा, बैजनाथ गाउँपालिकाका ६ वटा विद्यालय सिफारिसमा परेका छन् ।

 

बाँकेका २३ वटा विद्यालयले ४ कोठे भवनका लागि ३६ लाखका दरले, २० वटा विद्यालयले ६ लाख ५० हजारका दरले, ७ वटा विद्यालयले १८ लाखका दरले, एउटा विद्यालयले ५२ लाख रुपैयाँ प्राप्त गर्ने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विवरणमा उल्लेख रहेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

 

बाँकेका सबै पालिकाहरुबाट १४५ वटा विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सिफारिस गरिएको थियो । कार्यक्रम लागू भएका विद्यालयका लागि सम्बन्धित विद्यालयको स्थानीय तहमा वित्तीय हस्तान्तरणसमेत भइसकेको छ । कामको गुणस्तर र कार्यविधिअनुसार काम भए नभएको अनुगमन निरीक्षण पश्चातमात्रै स्थानीय तहले रकम भुक्तानी गर्नेछ ।