☰ open Loading... 20 January 2025|  

३ किलो चरेशसहित बाँकेमा ४ जना पक्राउ
  | १३ फाल्गुन २०७८, शुक्रबार ०५:२३

नेपालगन्ज : बाँकेमा तीन किलो चरेससहित तीन जना पक्राउ परेका छन् । चरेश बोकेर भारततर्फ गइरहेको अवस्थामा जमुनाहा नाकामा सुर्खेत सीम्ता गाउँपालिका वडा–४ का ४० वर्षिय वीरेन्द्र हमाल, सोही स्थानका ३८ वर्षिया दीपा बुढा र जाजरकोट शिवालय गाउँपालिका वडा नं.–२ का २३ वर्षिया खीमा खत्रीलाई प्रहरीले पक्राउ गरिएको हो ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार, इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । दुई महिलाले बोकेको झोलामा कालो प्लाष्टिकले बेरेर चरेश राखिएको अवस्थामा पक्राउ गरिएको प्रहरीले प्रवक्ता न्यौपानेले बताउनुभयो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।