☰ open Loading... 20 January 2025|  

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
  | १३ फाल्गुन २०७८, शुक्रबार ०५:४५

रुकुम : रुकुमको भूमे गाउँपालिका ४ झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुथाउत्तरगंगा गाउँपालिका १४ का अन्दाजी २५ वर्षीय गोविन्द बुढा र भूमे ५ उपल्लो साकिमका २५ वर्षीय दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्र बाँनियाले जानकारी दिएका छन् । घाइतेहरुकाे उपचारका क्रममा मृत्यु भएको थियाे ।

यस्तै दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षीय ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका ५ का २३ वर्षीय रामआशिष चौधरी रहेका छन् ।

 

निरीक्षक बाँनियाका अनुसार उनीहरु लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत रहेका थिए । उनीहरुलाई टिपरले ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भई पल्टिँएर किचेको जनाइएको छ  ।