☰ open Loading... 14 December 2024|  

बाँकेमा ४४ जना कुष्ठरोगी फेला
  | १५ फाल्गुन २०७८, आईतवार ०५:०६

चालु आर्थिक वर्षको छ महिनामा बाँके जिल्लामा ४४ कुष्ठरोगी फेला परेका छन् ।जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेका हुन् ।

नेपालगञ्जमा उपमहानगरपािलकामा १३, कोहलपुरमा ११, जानकी गाउँपालिकामा ६, बैजनाथ र नरैनापुर गाउँपालिकामा पाँच–पाँच, खजुरामा तीन र डुडुवामा एक कुष्ठरोगी फेला परेका छन् ।

राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला नपरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

गत आर्थिक वर्षमा बाँकेमा १ सय २८ कुष्ठरोगी फेला परेका थिए । सरकारले १२ वर्षअघि नै नेपालमा कुष्ठरोग निवारण घोषणा गरे पनि बाँके भने अहिले पनि कुष्ठरोगको उच्च जोखिममा देखिएको छ ।

कुष्ठरोग जोखिमका हिसाबले बाँके देशकै दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेशको कपिलवस्तु जोखिमको हिसाबले पहिलो स्थानमा छ । प्रति १० हजारमा एक जनाभन्दा कम भए निवारण भएको मानिन्छ ।

बाँकेमा प्रति १० हजारमा एक दशमलव ५९ मा कुष्ठरोगको संक्रमण देखिएको छ । नेपाल सरकारले कुष्ठरोगीको पहिचान र उपचार निःशुल्क उपचारको गर्दै आएको छ ।