दैलेख –जिल्लाको नारायण नगरपालिका–६ विलासपुर मन्दिर वरिपरि रहेका मेलका रुखहरुमा नास्पती कलमी गरिएको छ ।जंगली मेलाका रुखमा नास्पती उत्पादन गरेर त्यहाँ आउने पर्यटकलाई फलफुल खान सहयोज होस भन्ने बनाउने लक्ष्यसहित उक्त क्षेत्रमा कामको थालनी गरेको कृषि बिकाश कार्यालय दैलेखका कार्यालय प्रमुख नरेन्द्र बहादुर थापाले बताए ।उनले भने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको संयोजकत्वमा कुषि बिकाश कार्यालय दैलेखको सहयोग तथा बाग्वानी अनुसन्धान केन्द्र किमुगाउ दैलेखको प्राविधिक सहयोगमा नारायण नगरपालिका वडा नं-६ विलासपुर मन्दिर परिसर भित्र करिब एक सय भन्दा बढी जंगली मेलका रुखमा नास्पती कलमी गरिएको कृषि बिकाश कार्याल दैलेखका प्रमुख थापाले जानकारी दिए ।संरक्षित मेलका रुखमा नास्पाती कलमी गरी त्यहाँ आउने पर्यटकलाई नास्पाती खानलाई सहजहोस भन्ने लक्ष्य रहेकोे उनले बताए ।उनले मेलमा कलमी गरिएका बोटहरु संरक्षण लागि सबैलाई सहयोगको गर्न आग्रह गरे।
यस्तै प्रमुख जिल्ला अधिकारी हरि प्याकरेुलले विलासपुर बटुक भैरव मन्दिरको छुटै परिचान छ। बाइसे राज्य कालका खस राजा विलासपुरे राजाहरूले कुल देवताको रूपमा पूजा गर्ने प्रचलनमा ल्याएको यो मन्दिरको निकै महत्त्व मानिन्छ।त्यहाँ आउने पर्यटकलाई आर्कषण गर्नलाई बिभिन्न प्रजाजितिका बोटहरु रोपेको ,आगमी दिनमा पनि डिभिजन कार्यालय दैलेख, कृषि बिकाश कार्यालय संग समन्वय गरेर बिलासपुर मन्दिरको आर्कषण शोभा बढाउन अन्य बोट बिरुवा रोपिने उनले बताए ।
विलासपुर मन्दिर भित्र प्रशस्त मात्रामा मेलका बोट भएकोले मेलको बोटलाई सामान्य व्यवस्थापन गरि नास्पाती फलमा रुपान्तरण गरी त्यहाँ पर्यटकको आर्कषण बढाउने र जिल्लाको धार्मिक स्थलको सोभा बढ्ने भएकाले नास्पाती कलमी गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए । उनले भने“हामीले केहि समय पहिला पारिजात, लालिगुराँसका बोट, फलफुलका बोटहरु रोपेका थियौ मन्दिरमा रोपिएका बिरुवाको अधिकांश स्थानमा संरक्षण हुन सकेको छैन । यसको संरक्षरण स्थानिय सरकाले लिएको भए मन्दिरको आर्कषण बढ्ने भएकाले यसमा स्थानिय सरकाले ध्यान दिन जरुरी भएको बताए ।”