☰ open Loading... 25 January 2025|  

अब निर्वाचनसम्मै सत्ता गठबन्धन
  | १७ फाल्गुन २०७८, मंगलवार ०५:३९

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको आयु लम्बिएको छ । अनेकन खिचातानीबीच गठबन्धन टिक्ने कि भत्कने आशंका रहिरहेका बेला संसद्बाट एमसीसी अनुमोदन भएसँगै गठबन्धनको पनि ‘सेफ ल्यान्डिङ’ भएको हो ।

सत्तारूढ गठबन्धन आबद्ध पाँच दलमध्ये चार दल एमसीसीका पक्षमा उभिएसँगै गठबन्धन आगामी निर्वाचनसम्म नै अघि बढ्ने अवस्था बनेको हो । पाँच दलीय सत्ता गठबन्धनमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी थिए । तर, जनमोर्चा भने सोमबारबाटै गठबन्धनबाट बाहिरिएको छ ।

सत्ता गठबन्धनको ‘सेफ ल्यान्डिङ’

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आगामी निर्वाचनसम्म नै सरकार र सरकार आबद्ध गठबन्धन कायम रहने बताएको हो । कांग्रेसले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन भएको भोलिपल्ट सोमबार पत्रकार सम्मेलन गर्दै अब गठबन्धन निर्वाचनसम्म नै जाने दाबी गरेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले सत्तारूढ गठबन्धन आबद्ध सरकार निर्वाचनसम्म नै एक साथ अघि बढ्ने बताए । उनले गठबन्धनभित्र रहेका थप आशंकालाईसमेत चिर्दै अघि बढ्ने जानकारी दिए ।

‘गठबन्धन जारी रहन्छ, मुख्य कुरा सरकारमा सहभागी दल अब एक ठाउँ रहन्छन्, कांग्रेस भ्रमका बादल बाँकी भए निरन्तर हटाउन लाग्छ, भ्रमलाई हामी नै चिर्छांै,’ महतले भने ।

उनले अनेकन अफवाह र भ्रम चिर्दै संसद्ले एमसीसी सहयोगअन्तर्गत आर्थिक साहयता अनुमोदन गरेको र त्यसमा सहयोग गर्ने गठबन्धन आबद्ध सबै दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि धन्यवाद दिए ।

यसैगरी, नागरिक समाज, आमनागरिक र सञ्चारमाध्यमलाई पनि एमसीसी परियोजना अनुमोदन गर्न सहयोग गरेकोमा कांग्रेसले धन्यवाद दिएको छ ।

गठबन्धनमा आबद्ध दल जनमोर्चाले भने एमसीसी परियोजनामा असहमति राख्दै आएको थियो । उसले एमसीसी संसद्बाट अनुमोदन भएसँगै गठबन्धनबाट अलग भएको घोषणा गरेको हो । जनमोर्चाले सोमबार बसेको केन्द्रीय सचिवालयमार्फत गठबन्धनबाट अलग हुने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । सो दलले एमसीसी खारेज हुनुपर्ने अडान लिँदै आइरहेको थियो ।

कांग्रेसको प्रस्टोक्ति: एमसीसीमा एमालेको पनि साथ
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्नमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि साथ रहेको बताएको छ ।

एमसीसी संसद्बाट अनुमोदन भएको भोलिपल्ट सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले एमसीसी अनुमोदन गर्न अनौपचारिक रूपमा भए पनि एमालेले पनि सरकारलाई साथ दिएको बताए ।

‘एमसीसी’bout सकारात्मक दृष्टिकोण राखी संसद्बाट पास गर्न एमालेको पनि साथ रह्यो, राजनीतिक कारणले औपचारिक रूपमा सहभागी नभए पनि अनौपचारिक सहयोग गरेकोमा प्रमुख प्रतिपक्षी एमालेलाई धन्यवाद छ,’ कांग्रेस प्रवक्ता महतले पत्रकारसम्मेलनका क्रममा भने ।

उनले एमसीसी सम्झौता पारित गराउन सबै दलको सहयोग रहेसँगै सो’bout जनस्तरमा उठेका भ्रमहरूको पनि निवारण भएको दाबीसमेत गरेका छन् । एमसीसी’bout जनस्तरमा अझै केही भ्रम भए त्यसलाई निवारण गरेर अघि बढ्न आफ्नो पार्टी लागिरहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

एमसीसी विशुद्ध विकास सहयोग भएको उल्लेख गर्दै उनले त्यस’bout नकारात्मक दृष्टिकोण राखिरहन आवश्यक नभएको र एमसीसीको डकुमेन्ट र संसद्बाट पारित व्याख्यात्मक घोषणाले पनि एमसीसी’bout नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था नभएको भनेका छन् ।राजधानि दैनिकबाट