☰ open Loading... 18 January 2025|  

ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण
  | १८ फाल्गुन २०७८, बुधबार ०५:२३

यामराज बिष्ट दैलेख- महाबु गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सोमबार देखि ब्ल्याङ्केट वितरण सुरु गरेको छ।ज्येष्ठ नागरिकलाई केही राहत हुने विश्वासकासाथ गाँउपालीकाले वडा नं१ मा२१ जना वडा नं२मा २१ जना वडा नं ३ मा २३ जना ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट दिएको हो ।
गाउँपालिका भरिबाटै छानेर पाका उमेरका ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट दिएको गाँउपालिकाका प्रमुख प्रसासकीयअधिकृत भोलाराम पंगाली बताए ।

गाउँपालिकाले अन्य बाँकी रहेका वडा कार्यालयका ज्येष्ठ नागरिकलाई पनि जेष्ठ नागरीकलाई ब्ल्याङ्केट बितरण कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट बितरण गर्ने उनले बताए ।कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष ,वडा अध्यक्षको लगाएतको उपस्थिति रहेको थियो ।

गर्भवती महिलाहरुलाई पोषण कोशेली

गाँउपालिकाले अति बिपन्न एवं सिमान्तकृत गर्भवती महिलाहरुलाई खाद्य तथा पोषण सामाग्री वितरण गरेको छ । अति बिपन्न गर्भवतीहरु पोषणयुक्त खानाबाट बञ्चीत हुने भएकाले त्यस्ता अति विपन्न समुदायका गर्भवती महिलाहरुको स्वास्थ्य तथा पोषण सुरक्षामा सहयोग पुगोस भन्ने उद्धेश्यले “उपाध्यक्ष गर्भवती पोषण कोशेली” कार्यक्रम अन्तर्गत उक्त खाद्य तथा पोषण सामाग्री वितरण गरिएको गाँउपालिकाकी उपाध्यक्ष प्रेम कुमारी बुढाले जानकारी दिईन् ।

उनले भनिन् वडा नम्बर ३ बाँसिमा ६१ जना गर्भवती महिलाहरुलाई पोषण कोशेली अन्र्तरगत १ थान झोला, २ प्याकेट खाने तेल, २ वटा कपडा धुने साबुन, २ वटा नुहाउने साबुन, १ प्याकेट नुन, १ केजी चना वडा नं १मा४०जना गर्भवती महिला वडा नं२मा३१ जनागर्भवती महिलालाई १ थान झोला, २ प्याकेट खाने तेल, २ वटा कपडा धुने साबुन, २ वटा नुहाउने साबुन, १ प्याकेट नुन, १ केजी चना लगाएतका पोषणयुक्त खाना बितरण गरिएको छ ।
गाँउपालिकाको पालिकाभरि२सय८०जना गर्भवती महिलालाई खाद्य तथा पोषण सामाग्री वितरण गर्ने लक्ष्य रहेको छ ।