☰ open Loading... 14 December 2024|  

धनलक्ष्मीले जन्माइन आकाशमै छोरा
  | १८ फाल्गुन २०७८, बुधबार ०५:३०

मुगु : मुगुबाट सुत्केरी हुन नसकेर उद्धार गरिएकी खत्याड गाउँपालिका– ४ जुन्का गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छन् ।

 

मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशयात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटमा उनले छोरा जन्माएकाे चालक प्रमुख सेनानी रचन श्रेष्ठ लाई उद्रित गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले जानकारी दिइन् ।

 

उनका अनुसार बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि रावललाई सुर्खेतदेखि हेलिकप्टरबाट उद्धार गरिएको थियो । “सुत्केरी रावललाई १८ घण्टा लामोसमयसम्म व्यथा लागेर छट्पटिएको अवस्थामा हेलिकप्टरबाट उद्धार गरिएको हो,” उनले भने “थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएका आमा छोरा दुवैको स्वास्थ्य अहिले सामान्य रहेको छ ।”