☰ open Loading... 25 January 2025|  

प्रेस चौतारीको कर्णाली प्रदेश अध्यक्षमा अधिकारी
  | २० फाल्गुन २०७८, शुक्रबार १८:१८

सुर्खेत। प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनबाट प्रकाश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। बिहीबार भएको अधिवेशनबाट कार्यसमितिमा उपाध्यक्षमा ईश्वर अधिकारी, प्रमीला आरसी, महासचिवमा प्रेम सिम्खडा, सचिवमा शेरबहादुर थापा, कालीबहादुर थापा र कोषाध्यक्षमा सुशील खड्का चयन भएका छन्।
त्यस्तै, प्रदेश कार्यसमिति सदस्यमा गीता थापा, युवराज पंगाली, अखबर खान, प्रभा रावत, अनिल चौधरी, बिनोद कँडेल, तिलक रिजाल र सुरेन्द्र शाही चयन भएका छन्।