☰ open Loading... 20 January 2025|  

मुलुकभर थप ९१ जनामा कोरोना पुष्टि
  | २२ फाल्गुन २०७८, आईतवार ०५:११

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ६६२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६७ जना र ३ हजार ५५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ९७८ पुगेको छ । सोही अवधिमा २ लाख ८६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ६ हजार ९४७ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३६२ जना कोरोना मुक्त भए, ० संक्रमितको मृत्यु

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ६२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५८ हजार ५५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार २२० जनाको परीक्षण हुँदा हालसम्म कुल ६५ लाख १८ हजार ०५८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४५ पुगेको छ ।