☰ open Loading... 26 January 2025|  

बाँकेमा निवारण भएन हात्तीपाइले
  | २२ फाल्गुन २०७८, आईतवार ०५:१५

बाँके : बाँकेमा वार्षिक लाखौं रकम खर्च गरेर हात्तीपाइले रोगविरुद्धको अभियान संचालन हुँदै आएको छ । तर उक्त अभियान प्रभावकारी भने हुन सकेको छैन । अभियान बालुवामा पानी खन्याएझैँ भएको छ । यता अभियान संचालन हुन्छ । तर रोग न्यूनीकरण भने हुन सकेको छैन । अभियान केबल बजेट सक्ने माध्यम बनेको छ ।

नेपालले सन् २०२० भित्र हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २०११ बाट बाँकेमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन शुरु गरिएको थियो ।

 

यो रोग ११ वर्षसम्म निवारण नहुनु दुखद पक्ष हो । दुई थरिका औषधि डिए वाला एमडिएले ५३ वटा जिल्लामा हात्तिपाइले संक्रमण रोक्न सक्यो तर जनचेतानाको कमि वा विविध कारणले ५ वटा जिल्लाहरुमा रोक्न सकेन । जसमा मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली रहेका छन् । यी ५ जिल्लामा अहिले पनि हात्तीपाइले रोग न्यूनीकरण हुन सकेको छैन । यो अभियान लक्ष्य विहिन भएको छ । अहिले पनि हात्तीपाइले रोगविरुद्धको अभियान लक्ष्य प्राप्त गर्न सकेको छैन ।

 

कोहलपुर नगरपालिकाले पालिकास्तरीय राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधि सेवन अभियानको योजना तर्जुमा गोष्ठीमा जनचेतनाको कमी, औषधिबारे गलत धारण भएको, औषधि सम्बन्धी थाहै नभएको जस्ता विषयले गर्दा लक्ष्य प्राप्त गर्न नसकेको कार्यक्रमकी फोकल पर्सन दुर्गा गौतमले बताइन् । उनका अनुसार कोहलपुर नगरपालिका वडा न. ५ र ६ को रझेना गाउँमा सर्वे गर्दा सन् २०१९ मा १८ प्रतिशत जनतामा हात्तीपाइले रोग रहेको थियो भने अहिले २०२२ मा ५ दशमलव ५ प्रतिशत छ । तर अहिले रझेना गाउँमा १ दशमलव भन्दा कम हुनुपर्ने फोेकल पर्सन गौतमको भनाइ छ ।

 

यस्तै नेपालगञ्ज – ४ स्थित सल्यानीबाग गाउँमा समेत यो रोग निर्वारण हुन सकेको छैन । सन् २०१९ को तथ्यांकभन्दा सन् २०२२ मा २५ प्रतिशत मात्र घटेको देखिन्छ । उनले बाँकेमा ११ वर्षसम्म निर्वारण हुनुपर्ने भए पनि हात्तीपाइले रोग निवारण नभएको बताइन् ।