☰ open Loading... 25 January 2025|  

एमालेका सांसद मोहन बानियाँ निलम्बित
  | २३ फाल्गुन २०७८, सोमबार ०५:३४

नेकपा एमालेका सांसद मोहन बानियाँ बलात्कार आरोपमा पक्राउ परेपछि निलम्बनमा परेका छन् ।प्रतिनिधिसभाकाे आइतबार बसेकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए ।

बलात्कारको आराेपमा एक महिलाले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई पक्राउ गरेको थियो । प्रहरीले उनीलाई हिरासतमाराखी अनुसन्धान गरिरहेको छ ।