| २३ फाल्गुन २०७८, सोमबार ११:०६
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली साेमवार (आज) पोखरा जादै छन्।
उनी पोखरामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज मध्यान्हमा हेलिकप्टरमार्फत जाने एमाले गण्डकी प्रदेशले जनाएको छ । पोखरामा ओली राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।
त्यसैगरी उनी धौलागिरि दैनिकको वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम छ । ओली आज कास्कीको रुपा गाँउपालिकामा रहेको रुपाकोट रिसोर्टमा बस्ने बताइएको छ ।
उनी भोलि मंगलवार एमाले गण्डकी प्रदेशले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कने छन् ।