नारी दिवसको पूर्वसन्ध्यामा दैलेखमा एक गृहिणीमाथि उनका श्रीमानले चक्कु प्रहार गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ। नारायण नगरपालिका–११ की २४ वर्षीया सावित्रा शाहीमाथि २७ वर्षीय श्रीमान बखतबहादुर शाहीले चक्कु प्रहार गरेर घाइते बनाएका हुन्।
घरलु हिंसाको शिकार भएकी सावित्रालाई बारम्बार कुटपिट र दुर्व्यवहार हुन थालेपछि गएको पुस २९ गतेदेखि नौमूले गाउँपालिका–८ चौराठास्थित माइतीघरमा बस्दै आएकी थिइन्। सोमबार साँझ माइतीघरमा पुगेर भान्साबाट झिकेको चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। सावित्रामाथि चक्कु प्रहार भए लगत्तै जोगाउन गएका उनका बुबा ४६ वर्षीय बमबहादुर चन्द र भाई १४ वर्षीय सुरेश चन्दलाई पनि चक्कु प्रहार गरेर घाइते बनाएको घटना लगत्तै गाउँकै मेडिकलमा प्राथमिक उपचारपछि दैलेख अस्पतालमा पुर्याइएको छ।
श्रीमतीमाथि घरेलु हिंसा हुन थालेपछि दुई महिनादेखि माइतीमै उनी बस्दै आएकी थिइन्। आफूलाई माईतमै आएर श्रीमानले चक्कु प्रहार गरेको घाइते बनाएको पीडित महिलाले बताइन्। तीनैलाई बान्ता भइरहेकोले सावधानीपूर्वक उपचार चलिरहेको दैलेख अस्पतालका डा. जगत थापाले जानकारी दिए। पीडित पक्षले मंगलबार दिएको ‘ज्यानमार्ने उद्योग’ सम्बन्धी जाहेरीका आधारमा आरोपित बखतबहादुर शाहीलाई प्रहरीले घरबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए।
आरोपित बखत र पीडित सावित्रीको नौ वर्षअघिको बैवाहिक सम्बन्धबाट सात वर्षको बिवेक र चार वर्षको बसन्त नामका दुई वटा छोरा छन्।
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/13-scaled.jpg?resize=740%2C415&ssl=1)
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/19.jpg?resize=740%2C376&ssl=1)
![](https://i0.wp.com/paschimnepal.com/wp-content/uploads/2024/10/23-scaled.jpg?resize=740%2C662&ssl=1)