☰ open Loading... 25 January 2025|  

थप ५८ जनामा कोरोना संक्रमण
  | ३० फाल्गुन २०७८, सोमबार १७:२१

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा सोमबार थप ५८ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ५३९ जनाको पिसिआर गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित छन् भने १४८ जना संक्रमित निको भएर घर फर्किएका छन्। २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ।