☰ open Loading... 18 January 2025|  

स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता
  | १ चैत्र २०७८, मंगलवार ०५:२१

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा ७९ वटा राजनीतिक दल दर्ता भएका छन् ।आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि ७९ वटा राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।

 

दल दर्ताका लागि ८० वटा दलले निवेदन दिएका थिए । आयाेगले ७९ वटा दलको दर्ता गरेकाे छ ।आयाेगका अनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ गरी २६ फागुनको आयोगको निर्णयअनुसार ७९ वटा राजनीतिक दलहरु दर्ता भएका हुन् ।