| २ चैत्र २०७८, बुधबार ०५:१४
काठमाडौं : संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ ।
यस्तै संसद सचिवालयले अधिवेशन अन्त्य भएकाले चैत २ गते बुधबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक र राष्ट्रियसभाको अनिश्चित बैठकसमेत अन्त्य भएको सांसदहरुलाई जानकारी गराएको छ।