| ३ चैत्र २०७८, बिहीबार ०५:३३
दैलेख –नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित भएका छन् । सातौ जिल्ला अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ कमिटी बनेको हो । निकटतम प्रतिस्पर्धी शुर्य बहादुर शाहीलाई पराजित गरी शर्मा एमाले दैलेखको जिल्ला अध्यक्ष बने ।शर्माले ४सय१४ मत ल्याउँदा शाहीले २ सय ६३मत मात्रै पाए ।
कमिटीको उपाध्यक्षमा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा निर्वाचित भएका छन् । सचिमा दुल्लुका तिलक प्रसाद रिजाल उपसचिवमा गंगाराम दाहाल, कलावती न्यौपानेले विजय निर्वाचित भएका छन् । कुल ७२१ मतदाता रहेको दैलेख एमालेको निर्वाचनमा ६८४ मत खसेको थियो ।