☰ open Loading... 20 April 2024|  

गायक जोसेफको स्वरमा “रुप्स्या काली” बजारमा (भिडियोसहित)
  | ८ चैत्र २०७८, मंगलवार ०८:३८

 

लोकेन्द जिसि कुमार
दैलेख । चर्तित लोकप्रिय युवा गायक जोसेफ शाही ठकुरीको युगल गीत “रुप्स्या काली” बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ।सोमबार गायक शाहीको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियो रिलिज गरिए सँगै दर्शकले माया गरी मन पराउनुभएको छ ।

लोक फ्युजन शैलीको गीतमा जोसेफ र चर्चित गायिका अस्मीता अधिकारीको युगल गायन रहेको छ । सुदुर र मध्यपश्चिका जिल्लामा प्रयोग हुने ठेट भाषा गीतका शब्दमा प्रयोग गरिएको छ । आफैले सिर्जना गरेका शब्दमा गायक जोसेफले नै संगीत भरेका हुन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा श्यामश्वेत रसाइलीको ध्वनी सम्पादन रहेको छ ।

गीतको भिडियोमा चर्चित मोडलहरू सरोज राना प्रजा, बिना राउत, चक्र बम र करिस्मा ढकालको नृत्यसहितको अभिनय हेर्न सकिन्छ । बसन्त कुवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन र श्याम कुँवरको रङ्ग सम्पादन रहेको गीतको भिडियो मकवानपुर जिल्लाको गोपाली गाउँ र आसपासका क्षेत्रमा छायाँकन गरिएको हो । शहरबाट गाउँ छिरेका दुई युवाले बाटोमा भेटिएकी युवतीलाई जिस्काउदै एकोहोरो पछ्याएको कथावस्तु रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।

यस्तै गायक शाहीले भने ,‘मेरो आवाजमा रहेको गित “रुप्स्या काली”लाई बजारमा सार्वजनिक भएको छ, आसा छ सबैले हेरेर मन पराइदिनुहुनेछ, माया गर्नुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ ।यसअघि जोसेफले गाएको देउडा शैलीको गीत “पियारी” चौतर्फी निक्कै रुचाइएको थियो ।

गीतको भिडियो हेर्नुहोस्ः