दैलेख- देलेखको राकम कर्णाली फर्मले आठबीस नगरपालिका संगको सहकार्यमा -याफ्टिङ संचालनमा ल्याएको छ ।
पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले दैलेख जिल्लाको आठबीस नगरपालिका राकम कर्णालीमा ¥याफ्टिङ सेवा सुरु गरिएको हो ।आठबीस नगरपालिका–४ खिड्कीज्यूलाबाट करिव १० किलोमिटर साईगाउँसम्म -याफ्टिङ सेवा संचालनमा आएको छ ।
पर्यटक वृद्धि गर्न -याफ्टिङ सञ्चालन गरिएको आठबिश नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताए ।अहिले व्यवसाय सञ्चालनमा आएपछि याफ्टिङ चल्ने नदीमा दैनिक ४०देखि ५० जनाले यात्रा गर्न थालेका उनले बताए । कर्णाली नगदिमा -याफ्टिङ सेवा सुरु भएसंगै आठबीस नगरपालिकामा पर्यटन प्रबद्धनमा समेत टेवा पुग्ने प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिए।
उनले भने, ‘¥याफ्टिङ सेवालाई सुरक्षित तबरले नियमित संचालन गर्ने हो भने यसवाट बाह्य तथा आन्तरिक पर्यटकहरुले मनोरन्जन लिन पाउने छन् ।’
कर्णालीको ¥याफ्टिङ यात्रा अरू नदीको तुलनामा निकै आनन्ददायी र रोमाञ्चक भएकोले दैलेख जिल्लाको पर्यटन प्रर्बद्धनको विकासका लागि सरोकारवाला निकायहरुले चासो देखाउन थालेका छन् ।