| २० चैत्र २०७८, आईतवार ०५:२०
कोहलपुर, -बाँकेमा करिब डेढ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाईने भएको छ ।
सरकारले चैत २३ गते देखि वैशाख २८ गतेसम्म घोषणा गरेको टाइफाइडविरुद्ध राष्ट्रिय खोप अभियान अन्तर्गत बाँकेमा एक लाख ४८ हजार ९ सय ३३ जनालाई खोप लगाउने तयारी भएको स्वास्थ्य सेवा कार्यालय बाँकेले जनाएको छ ।
१५ महिनादेखि १५ वर्ष उमेरका बालबालिका र विद्यार्थीहरुलाई खोप लगाउने तयारी शुरु थालिएको छ । दुई सयभन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयलाई खोप केन्द्र तोकेर खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।